वित्तीय साक्षरता विस्तार गर्न एनबीआई र देवः विकास बैंक बीच सम्झौता

काठमाडौं, २३ बैशाख । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट (एनबीआई) र देवः विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने हेतुले जान्बी कोर्सको विषयमा पनि सम्झौता भएको छ ।

आइतबार उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पत्र अनुसार नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । बैंकले आफ्ना नेपाल भरी रहेका शाखामा कार्यरत कर्मचारीहरुलाई NBI Mobile APP बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि अभिप्रेरित गर्नेछ ।

साथै बैंकले उक्त एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि बताइएको छ ।

वित्तीय साक्षरता सम्बन्धी ज्ञान आम जनसमुदाय समक्ष पु¥याउन एनबिआई मोबाईल एपको प्रयोगले धेरै ठुलो सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।

त्यस्तै देवः विकास बैंकमा कार्यरत कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI (जान्बी) कोर्स प्रदान गर्ने सम्झौता पनि भएको छ ।

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवम दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको बताइएको छ ।

बिशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वित भैसकेको र हाल सम्म १००० जना भन्दा बढी बैंकका कर्मचारीहरुले यो कोर्स उतिर्ण गरी प्रमाणपत्र प्राप्त गरिसकेको एनबिआईले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here