सुनको भाउ ओरालो लाग्ने क्रमजारी, कति पुग्यो तोलाको ?

काठमाडौं,१२ भदौं । नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

अघिल्लो दिनाको तुलनामा प्रतितोला सात सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ९ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ६ सय तोकिएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार चार सय पुगेको छ।

बिहीबार प्रतितोला ९७ हजार एक सय रुपैयाँ तोकिएको थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ४० रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here