जमैका तालवाजको तेस्रो जीत, सन्दीपले लिए दुई विकेट

काठमाडौं, १४ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ ।

आइतबार बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । छैठौं खेलमा यो जमैकाको तेस्रो जीत हो ।

जितका लागि १४८ रनको लक्ष्य लिएर ब्याटिङमा आएको सेन्ट किट्सले १९ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो ।

सेन्ट किट्सको लागि एभिन लेविस र कइरण पावेलले समान २१-२१ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा पाँचौं हारको सामना गर्न बाध्य भयो ।

जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २-२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।

पाँच खेल खेलेको जमैका चार अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । जमैकाले पाँच मध्य दुई खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी तीन खेलमा पराजित हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here