टाइटानिकलाई जित्यो एभेन्जर्सः ईन्डगेमले, ब्लकबस्टर अवतारलाई समेत जित्ने !

कठमाडौं, २३ बैशाख । मार्भल्स स्टुडियोको साइफाइ फिल्म ‘एभेन्जर्सः ईन्डगेम’ १२ दिनमै दुई अर्ब बीस करोड अमेरिकी डलर कलेक्सन गरेको छ ।

आक्रामक व्यापारसँगै यो कमाइसँगै ‘एभेन्जर्सः ईन्ड गेम’ले विभिन्न कीर्तिमानहरु पनि राखेको छ ।

यो फिल्म सबभन्दा छिटो दुई अर्ब अमेरिकी डलर कमाउने फिल्म बनेको छ । त्यस्तै सन् १९९७ को ‘टाइटानिक’लाई जित्दै सबभन्दा धेरै कमाउने फिल्मको दोस्रो स्थानमा उक्लिएको छ ।

उ भन्दा अगाडि सन् २००९ को ‘अवतार’ मात्रै रहेको छ जसले विश्वव्यापी बजारबाट करिब २ अर्ब ७९ करोड अमेरिकी डलर कमाएको थियो । तर, यहि रफ्तारमा फिल्म अगाडि बढीरह्यो भने यो आँकडा पनि सजिलै पार गर्ने देखिएको छ ।

यसअघि दोस्रो स्थानमा रहेको फिल्म ‘टाइटनिक’ले २ अर्ब १९ करोड डलर हाराहारी कमाएको थियो ।

प्रसिद्ध मार्भल्स स्टुडियो फ्रेन्चाइजीको २२ औं फिल्मको रुपमा आएको ‘एभेन्जर्सः ईन्डगेम’ ५ दिनमै एक अर्ब डलर भन्दा धेरै व्यापार गर्ने पहिलो फिल्म समेत बनेको छ ।

दाजुभाई एन्थोनी रुसो र जोई रुसोको निर्देशन रहेको मल्टी स्टारर सुपरहिराे फिल्ममा रोवर्ट डाउनी जुनिअर आइरन म्यानको रुपमा प्रस्तुत भएका छन् ।

त्यस्तै फिल्ममा क्रिस इभान्स, मार्क रुफलो, पावल रुड, क्रिस हेमवर्थ, स्कार्लेट जोहान्सन, ब्रे लार्सन, क्यारन गिलन आदि पनि विभिन्न सुपरहिरो चरित्रमा प्रस्तुत भएका छन् ।

फिल्मको कुल बजेट ३५६ मिलियन डलर रहेको बताइएको छ । यो फिल्मले अमेरिका क्यानडामा मात्रै होइन चीन लगायत अन्तराष्ट्रिय बजारमा पनि आक्रामक व्यापार गरिरहेको छ ।

-एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here