नेप्सेको टीएमएसमा समस्या आउँदा कोराबार रोकियो, लगानीकर्ता रुष्ट

काठमाडौं, १४ भदौं । नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणाली टीएमएसमा समस्या आएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्यामा आएकोले हाललाई कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।

टीएमएसमा समस्या समाधान भएपछि फेरि आजै कारोबार खुला गरिने नेप्सेको भनाई छ । अनलाइन प्रणालीमा पटकपटक समस्या आउँदा पनि वास्तविक समाधान हुन सकेको छैन ।

आज बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।

अनलाइन प्रणाली त्यसमा पनि विशेष गरी टीएमएसमा पटकपटक समस्या आएपनि वास्तविक समस्या पहिचान गरी समाधान गर्नेतर्फ चासो दिइएको छैन् । विभिन्न बाहनामा सास्ती दिइएको भन्दै लगानीकर्ताहरु भने रुष्ट भएका छन् ।

उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सेवा अवरुद्ध हुँदा लगानीकर्ता प्रति पर्न गएको असुविधाप्रति नेप्सेले क्षमा मागेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here