एमआईको रेडमी वाई थ्री नेपालमा, ३२ मेगापिक्सेल सेल्फी क्यामेरा

काठमाडौं, २३ वैशाख । चिनियाँ स्मार्टफोन निर्माता शाओमी एमआईले ३२ मेगापिक्सेल सेल्फी क्यामेरा भएको रेडमी वाई३ नेपालमा सार्वजनिक गरेको छ ।

फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रो ग्राहकहरु माझ सबैभन्दा नयाँ रेडमी वाई३ ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो ३२ एमपी सुपर सेल्फी क्यामेरासँगै हाम्रा एमआई ग्राहकहरुले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् ।’

आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई३ ले अघिल्लो भर्सनबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम प्रविधि ल्याएको कम्पनीले दाबी गरेको छ ।

रेडमी नोट ७ सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको कम्पनीले बताएको छ ।

फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ रहेको र मजबुत कर्नर तथा पीटुआई नानो कोटिङले यस उपकरणलाई पानीबाट जोगाउन मद्दत गर्ने बताइएको छ ।

रेडमी वाई३ का विशेषता

-३२ एमपी सुपर सेल्फी क्यामेरा
-१२ एमपी र २ एमपीको डुअल रियर क्यामेरा
-३ जिबी/३२ जिबी र ४ जिबी/६४ जिबी भेरियन्ट
-औरा प्रिज्म डिजाइन
-६.२६ इन्चको एचडी प्लस डट नोच डिस्प्ले
-क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२

मूल्य
रेडमी वाई३ को ३ जीबीप्लस ३२ जीबी भेरियन्टका लागि १८ हजार ४९९ र ४ जीबीप्लस ६४ जीबी भेरियन्टका लागि २१ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइमब्लाक रंगमा सोमबारबाट देशभर ९०० भन्दा बढि अफलाइन स्टोर र डराज डट कममा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here