उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ भदौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here