अन्तर बैंक एटीएममा शुल्क लिन नपाइने व्यवस्था सधैका लागि लागु

काठमाडौं १४, भदौं । अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्थवा अब सधैका लागि लागु भएको छ । त्यसका लागि राष्ट्र बैंकले आफ्नो एकिकृत निर्देशिकामा उक्त व्यवस्था समावेश गरेको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले लकडाउनको समयकालागि मात्र अन्तर बैंक एटीएम कारोबार निशुल्क बनाएका थिए ।

पछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोभिड–१९ को असर कायमै रहेसम्म शुल्क लिन नपाइने व्यवस्था ल्यायो । त्यो व्यवस्था निर्देशनका रुपमा यसअघि नै जारी भइसकेको छ ।

अहिले त्यो एकिकृत निर्देशिकामा पनि समेटिएको हो ।

अब अर्को निर्देशन जारी नहुँदासम्म बैंक तथा वित्तीय संस्थाले एउटा बैंकको कार्डले अर्को बैंकबाट एटीएमबाट पैसा निकाल्दा शुल्क लिन पाउदैनन ।

सम्बन्धितः

एटीएम बुथमा स्यानिटाइजर र टिस्यूपेपर अनिवार्य

एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा शुल्क नलाग्ने

एटीएममा चाहिने जति पैसा राख्न राष्ट्र बैंकको निर्देशन

एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हट्यो, सीसीटीभीबाट निगरानी बढाइने

एटीएमबाट पैसा निकाल्ने सीमा बढ्यो, दैनिक १ लाखसम्म निकाल्न पाइने