भारतमा एकैदिन ७९ हजार बढीमा संक्रमण, ९६० जनाको मृत्यु

काठमाडौं, १५ भदौं । भारतमा पछिल्लो २४ घण्टामा (आइतबार) ७९ हजार ४५७ जना संक्रमित थपिएका छन्।

यो विश्वमै एकैदिनमा थपिएका नयाँ संक्रमित संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो।

पछिल्ला दिनहरुम भारतमा दैनिक अ‍ैसतमा करिब ७५ हजार हाराहारीमा नयाँ संक्रमित थपिरहेका छन् । हालसम्म भारतमा साढे ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।सरकारले अर्थतन्त्र उकास्न भन्दै प्रतिबन्धहरू क्रमशः हटाइरहँदा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

आइतबार विश्वमा पुष्टि भएका संक्रमितको सङ्ख्या साढे २ करोड नाघ्दा कोभिड(१९ भएर ज्यान गुमाउनेको सङ्ख्या ८ लाख ४३ हजार पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here