लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड, ३० कित्तासम्मका आवेदकलाई मागेजति

काठमाडौं, १५ भदौं । लिबर्टी इनर्जीले निष्कासन गरेको प्राथमिक धितोपत्र (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा मध्याह्‍न १२ बजे आइपीओ बाँडफाँड हुन लागेको हो ।

कम्पनीको आईपीओ आवेदन दिएका १ लाख ८८ हजार ३७३ आवेदकलाई बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस। क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओे १० देखि ३० कित्तासम्म आवेदन दिनेले मागेजति पाउने तथा ३० देखि १५ हजार कित्तासम्मका लागि आवेदन दिनेले पनि न्यूनतम ३० कित्ता र २५ हजार ६२० आवेदकले भने गोलाप्रथाबाट थप १० कित्ता गरेर ४० कित्ता सेयर पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here