समाज लघुवित्तको आईपीओ बाँडफाँड, ५ लाख ३९ हजार खालीहात

काठमाडौं, १५ भदौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज बाँडफाँड भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार योग्य आवेदन दिएका मध्ये ८ हजार ७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले संस्थाको सेयर पाएका छन् ।

उनीहरुलाई ८० हजार ७ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ लाख ३९ हजार ३ सय जना आवेदकको हात खाली भएको छ ।

गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ४७ हजार ९ सय २८ जना आवेदकबाट कूल एक करोड १४ लाख ७४ हजार ६ सय ८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो ।

जसमध्ये ५ सय ५८ जना आवेदकबाट प्राप्त ९ हजार ७ सय ६० कित्ता सेयर आवेदन रद्द भएको छ । बाँकी ५ लाख ४७ हजार ३ सय ७० जना आवेदकबाट प्राप्त एक करोड १४ लाख ६४ हजार ९ सय २० कित्ता आवेदन योग्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here