काठमाडौं उपत्यकामा ४ सय ८१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १६ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३ र भक्तपुरमा ५४७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here