काठमाडौं, १६ भदौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । मूल्य वृद्धिसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
निगमले डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ।