चार्टड एकाउन्टेन्ट र नातेदारका सन्तानलाई व्यवस्थापन अध्ययनमा शतप्रतिशत छात्रवृत्ति

काठमाडौं, १५ भदौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) र कलेज अफ बिजनेस म्यानेजमेन्टबिच एक्यान सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ ।

सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले कलेज युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताए ।

साथै एक्यान र बिज्हब आइटी सर्भिस प्रा.लि.को बिचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई एक्यानका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्ममार्फत कक्षा लिने व्यवस्था गरिएको छ ।

एक्यान २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको पेशागत संघ हो ।

एक्यानले चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको धितालले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुसंग बिना धितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।

सम्बन्धितः

आइक्यान र आन्तरिक राजश्व विभाग बीच समझदारीपत्रमा हस्ताक्षर

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here