जमैका ट्रिनबागोसँग पराजित, सन्दीपले लिए एक विकेट

काठमाडौं, १७ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टिम जमैका तलावाज पराजित भएको छ ।

मगलबार राती भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो । ट्रिनबागो को यो लगातार सातौं जित हो भने जमैकाको चौथों हार हो ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो ।

उसका लागि कोलिन मुर्नोले ६५ रन बनाए भने कायरन पोलार्डले ३३ तथा सुनिल नरायनले २९ रन बनाए ।

बलिङमा जमैकाको तर्फबाट कार्लोस ब्राथवेटले सर्वाधिक दुई विकेट लिए भने फेडल एडवार्डस् र सन्दिप लामिछानेले समान १- १ विकेट हात पारे ।

सन्दिप बाहेक अन्य बलर महँगो साबित हुँदा ट्रिन्बागोले ठुलो योगफल बनाउन सफल भयो । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो । यस सँगै सन्दिपले यस सिजनको सबै खेलमा विकेट हात पार्न सफल भएका छन् ।

पहिलो ओभरमा मात्र तीन रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा एक विकेट निकाल्दै आठ रन खर्चिए । त्यस्तै तेश्रो ओभरमा दुई रन दिएका सन्दिपको अन्तिम ओभरमा सात रन खर्चिए ।

जमैका तल्वाजको लागि १०औं ओभर लिएर आएका सन्दिपले आफ्नो दोश्रो ओभरको तेश्रो बलमा २५ रन बनाएका लिन्ड्ल सिमन्सलाई मुजिब उर रमानको हातबाट क्याच थमाएका हुन् ।

सन्दिपले सिपीएलको जारी सिजनमा यस अघि छ खेल खेल्दै नौं विकेट हात पारेका थिए ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here