डाक्टर, नर्ससहित वीर अस्पतालका ७१ जना कर्मचारीमा कोरोना, ओपीडी सेवा बन्द

काठमाडौं, १७ भदौं । काठमाडौमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।

डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवादेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ।

अस्पतालले सूचना जारी गरेर बुधबार र बिहीबार ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।

अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here