सेयर बजारमा उछाल: दुई घण्टामै दुई अर्ब बढीको कारोबार

काठमाडौं, १७ भदौं । सेयर बजारमा उछाल देखिएको हो । बुधबार सेयर बजारमा नेप्से परिसूचक सँगै कारोबारमा पनि उछाल देखिएको हो ।

कारोबार खुलेको दुई घण्टामै बजारमा दुई अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१२ बजेसम्ममा बजारमा ४५ लाख ४१ हजार ३७८ कित्ता सेयर किनेबच हुँदा दुई अर्ब १५ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २६.३७ अंकले बढेर १५०० विन्दुमाथि १५११.३६ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here