बजार अनुगमनबाट १५ दिनमै ४० लाख जरिवाना असुली

काठमाडौं, १७ भदौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनमा गरेको बजार अनुगमनबाट ४० लाख रूपैयाँ राजस्व संकलन भएको छ।

विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिवाना गर्दा १५ दिनका अवधिमा ४० लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

सो अवधिमा ६८ फर्मलाई कारवाही गर्दा उक्त रकम सङ्कलन भएको हो । उनका अनुसार सो अवधिमा २७३ फर्म अनुगमन गरिएकामा १४ फर्म सामान्य अवस्थाका र १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

अनुचित व्यापारिक क्रियाकलाप गर्ने अनलाइन पसलबाट तीन लाख, औषधि पसलबाट पाँच लाख, खाद्य तथा किराना पसलबाट पाँच लाख ८० हजार, गार्मेन्टबाट ५० हजार रूपैयाँ राजश्व सङ्कलन भएको हो।

यस्तै, डिपार्टमेन्टल स्टोरबाट दुई लाख ६० हजार, तरकारी पसलबाट १० हजार, निर्माण सामग्रीबाट ५० हजार र पानी उद्योगबाट ९ लाख राजस्व संकलन भएको छ।

त्यसैगरी पार्टी प्यालेसबाट तीन लाख, फलफूल पसलबाट ५५ हजार, मार्टबाट ७० हजार, मासु पसलबाट तीन लाख र मास्क उत्पादन गर्ने उद्योगबाट एक लाख ५० हजार रूपैयाँ संकलन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here