उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं, १७ भदौं । उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

यसअघि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने नियमलाई केहि थपगरि सात दिनका लागि निषेधाज्ञा बढाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त निर्णय गरेको हो ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय गर्दै आएको छ ।

यस्तै पानी र व्यवास्थ्य सम्बन्धी व्यवसाय भने दिनभरि सञ्चालन गर्न पाइने छ । निर्माण समाग्री बोकेका सवारी साधनहरु स्वास्थ्य मापदण्ड पुरा गरेर दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here