सावधानीका अपनाएर नियमित उडान खुलेपछि यस्तो देखियो विमानस्थल

फाइलफोटो

काठमाडौं, १८ भदौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ।

कोरोनाको महामारी कायमै रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सावधानीका सबै उपायहरु अपनाएर चैतदेखि रोकिएको नियमित उडान केही देशका लागि सञ्चालन शुरु गरेको हो ।

नियमित उडान सुरु भएका देशबाट नेपाल फर्कन चाहने नेपाली, कूटनीतिक नियोगका कर्मचारी, गैरआवासीय नेपालीले पछिल्लो ७२ घण्टामा परीक्षण गरेर आएको पीसीआर नेगेटिभ रिपोर्ट टिकट काट्दा पेश गर्नु पर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here