मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालको लागि बन्द

काठमाडौं, १८ भदौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्याका कारण मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा केही समयका लागि बन्द गरेको छ ।

उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको हो ।

मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ ।

लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सक्नेछन् । समस्या समाधान गर्न काम भइरहेको पनि सीडीएसले जनाएको छ । साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here