नेप्सेमा २ अर्ब ६३ करोडको कारोबार, जलविद्युतमा लगानीकर्ताको आकर्षण कायमै

काठमाडौं, १८ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेको छ ।

बुधबार २५.५८ अंकले बढेर बन्द भएको नेप्से परिसूचक साताको कारोबार हुने अन्तिम दिन ०.१५ अंकले घटेर १५१०.४२ बिन्दुमा पुगेको हो ।

यसदिन १८६ कम्पनीको २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ । ९३ लाख २ हजार ९७० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ५ समूहको परिसूचक ओरालो लागेका छन् ।
आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६७.३४ अंकले बढेको छ भने उत्पादनमूलक समूहको परिसूचक ३५.९४ अंकले बढेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ४१ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

उन्नति सहकार्य लघुवित्त, एनआरएन डेभलपमेन्ट, अरुण काबेली र जोशी हाइड्रोपावरको सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । पाँचथर पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.९९ प्रतिशत गुमाएका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here