कासाका ब्रान्डका मोटरसाइकल नेपालमा, यस्तो छ विशेषता

काठमाडौं । स्टाइल ट्रेड लाइन कम्पनीले चाइनिज ब्रान्ड कासाकाका डर्ट बाइक नेपाली बजारमा भित्र्याएको छ। कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० नेपाल भित्रिएका हुन्।

यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका मोटरसाइकल समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

कासाका २०० मा एयरकुल्ड, सिङ्गल सिलिण्डर र ४ स्ट्रोक सहित १९७ सीसीको इन्जिन जडान गरिएको छ । बाइकमा ९.२:१ कम्प्रेसन रेसियो, सीडीआई। इग्निसन र इलेक्ट्रिक तथा किक स्टार्ट प्रबिधि समेटिएका छन् ।

कासाका २०० ले ७५०० आरपीएममा १०.५ किलोवाट पावर र ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । साथै बाइककोे अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा र ग्राउण्ड क्लियरेन्स २९० एमएम रहेको छ । १०.५ किलोवाट भनेको करिव १४ बीएचपी बराबर हुन्छ ।

सो बाइकको लम्बाई २०५० एमएम, चौडाई ८५० एमएम र उचाई ११७० एमएम छ । बाइकको ह्विलबेस १३२० एमएम छ भने सिटको उचाई ८८० एमएम छ ।

बाइकको शुद्ध तौल १२० किलोग्राम र अधिकतम लोडिङ क्षमता १५० केजी छ । बाइकमा १२ लिटरको इन्धन ट्यांकी छ । बाइक रातो र सेतो कलरमा उपलब्ध छ ।

स्टाइल ट्रेड लाइनले नेपालमा कासाका २०० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

कासाकाको अर्को बाइक कासाका २५० को मूल्य ४ लाख १५ हजार रुपैयाँ छ। यसको अधिकतम शक्ति ७५०० आरपीएममा १२ किलोवाट र टर्क ६५०० आरपीएममा १६ एनएम छ।

यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ। परफर्मेन्सका आधारमा यो बाइकको अधिकतम गति १०५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here