सुनको मूल्यमा गिरावट, शुक्रबारको भाउ तीन सातायताकै सस्तो

काठमाडौं, १९ भदौं । केहिदिन उकालो लागेको सुनको भाउ फेरि लगातार घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार पनि चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here