थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, १३ सय ५४ डिस्चार्ज

काठमाडौं, १९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३५४ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५ सय ६१उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here