अर्थमन्त्री खतिवडाले दिए राजीनामा, कार्यभार सम्हालेको साढे दुई वर्षपछि बिदाई

काठमाडौं, १९ भदौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।

त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ ।

उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणा गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई अहिलेसम्मको जिम्मेवारीका लागि धन्यवाद दिएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको थियो ।

डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ ग्रहण गरेका थिए । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए ।

उनी पहिलो पटक २०७४ फागुन १४ गते नेपाल सरकारको अर्थमन्त्रीका रुपमा नियुक्त भएका थिए ।

उनी ओलीले रुचाएका पात्र हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here