अर्थ र सञ्चारमन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

काठमाडौं, १९ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासँगै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले सम्हाल्ने गरी यी दुई मन्त्रालयको कार्यभार तोकिएको हो ।

शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here