थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

काठमाडौं, २० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १५६६ कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १ सय २७ उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here