काठमाडौं उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २० भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ३ सय २६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here