एकैदिन २ लाख ९६ हजार कोरोना संक्रमित थपिए, भारतमा मात्रै ९० हजार भन्दा धेरै

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये भारतमा मात्रै ९० हजार भन्दा धेरै रहेका छन् ।

२४ घण्टाको अवधीमा विश्वमा ६ हजार २७ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण हालसम्म ८ लाख ७१ हजार १६६ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ६४ लाख ६८ हजार ३१ पुगेको छ । त्यस्तै भारतमा शनिबार एकै दिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन पुष्टि भएको विश्वका सबै देशको भन्दा धेरै संख्या हो।

यस अवधिमा भारतमा कोरोना संक्रमणबाट एक हजार ४४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा भारतमा देखिएको कोरोना संक्रमण र मृत्यु विश्वका सबै देशको भन्दा बढी हो।

भारतमा अहिलेसम्म संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ। संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here