सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

काठमाडौं, २१ भदौं । कोरोना भाइरस (कोभिड-१९) बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) क्षेत्रमा ८३ हजार १ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा आइतबार बिहानसम्म ४१ लाख १३ हजार ८११ जनालाई कोरोना संक्रमण भएको छ भने ७० हजार ६ सय ७९ जनाको मृत्यु भएको छ। ३१ लाख ८० हजार भन्दा धेरैले कोरोना जितेर घर फर्किएका छन् ।

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा तेस्रो स्थानमा रहेको छ ।

पाकिस्तानमा २ लाख ९८ हजार ८५ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ३ सय ४० जनाको मृत्यु भएको छ। २ लाख ८२ हजार ५ सय ३३ जना संक्रमण मुक्त भएका छन् ।

भुटानमा २ सय २८ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। १ सय ५० जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंकामा अहिलेसम्म ३ हजार हजार १ सय ३१ जनालाई कोरोना संक्रमण भएको छ भने १२ जनाको मृत्यु भएको छ। २ हजार ९ सय १८ जना संक्रमण मुक्त भएका छन् ।

बंगलादेशमा ३ लाख २३ हजार ५ सय ६५ जनालाई कोरोना संक्रमण भएको छ भने ४ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख १७ हजार ८ सय ५२ छ।

अफगानिस्तानमा ३८ हजार ३ सय २४ जनालाई कोरोना संक्रमण भएको छ भने १४ सय ९ जनाको मृत्यु भएको छ। ३० हजार ८२ जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ४ सय ८६ रहेको छ। मृत्यु हुनेको संख्या २९ छ भने उपचारपछि निको हुनेको संख्या ५ हजार ८ सय २२ पुगेको छ ।

नेपालमा नेपालमा ४५ हजार २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन् भने २८० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ३७८ जनामा संक्रमण पुष्टि भएसँगै विश्भभर संक्रमित संख्या २ करोड ७० लाख ६१ हजारभन्दा बढी पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ८२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ८३ हजार ७०७ पुगेको छ ।

एकै दिन २ लाख १९ हजार ५०४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका आइतबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९१ लाख ६१ हजार ९०२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७०.८०९ प्रतिशत हो ।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here