गण्डकी प्रदेशमा प्रहरी प्रमुख सहित थप ६७ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ भदौं । गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आइतबार थपिएका संक्रमितमा कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् । डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here