नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्ब ७८ करोडको कारोबार

काठमाडौं, २१ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से १०.४५ अंकले घटेर १४९९.९७ विन्दुमा कायम भएको हो ।

यसदिन १९१ कम्पनीको ७० लाख ३५ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ७८ करोड ५५ लाख ३ हजार ७ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये १० वटाको परिसूचक ओरालो लागेका छन् ।

आज व्यापार समूहको परिसूचक सबैभन्दा धेरै २२.६४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४०.४३ अंकले घटेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै ४० करोड १३ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

पछिल्लो ३ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा आज नेपाल बैंक र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here