तल्ला सरकारका कुरा सुन्न आयोजित वैठकमा संघीय सांसदकै गुनासो, हामीलाई पनि बजेट चाहियो

काठमाडौं, २५ बैशाख । अर्थ समितिले स्थानीय तहसम्म पुगेर ल्याएको सुझाव अर्थमन्त्रीलाई सुनाउन अयोजना गरेको बैठकमा सांसदहरुले आफ्नै गुनासा सुनाएका छन् । उनीहरुले स्थानीय सरकारका समस्या तथा मागको बारेमा भन्दा पनि आफूलाई बजेट व्यवस्था गर्ने माग राख्नमा समय खर्चेका छन् ।

अर्थ समितिले स्थानीय र प्रदेश सरकारले बजेट सम्बन्धमा गरेका माग सुनाउन अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिवसहित सरोकारवालालाई बुधवार बोलाएको थियो ।

बैठकमा समितिले साताब्य पी रुपमा तल्लो तहसम्म पुगेर ल्यायका स्थानीय तहका गुनासा संघीय अर्थमन्त्री लाई सुनाउने कार्यक्रम थियो । कार्यक्रममा केही सांसदले आफूहरुलाई बजेट चाहियो भन्दै अर्थमन्त्री को ध्यानाकर्षण गराइरहेका थिए ।

सांसद बिकास कोष प्रत्यक्ष निर्वाचित सांसदका नाममा मात्र गएको र त्यो रकम आफूहरुले पनि पाउनु पर्ने भन्दै समानुपातिक तर्फका सांसदले माग गरेका हुन् ।

उनीहरुको कुरा सुनिसकेपछी अर्थमन्त्री डा. खतिवडाले त्यो पैसा सांसदका नाममा नभै निर्वाचन क्षेत्रका नाममा जाने स्पष्ट पारेका थिए ।

त्यो कुनै माननीयले पाउने पैसा होइन, निर्वाचन क्षेत्रको बिकासमा जाने पैसा हो, सबैको सहभागितामा त्यसको खर्च हुन्छ, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here