समूह चरणको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन

काठमाडौं, २२ भदौं । क्यारेबियन प्रिमियर लिग(सीपीएल) अन्तर्गत जमैका तलावाजको समूह चरणको अन्तिम खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका छन।

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो पहिलो मेडन ओभर हो ।

सन्दिपले आफ्नो पहिलो ओभरमा सात रन खर्चिएर एक विकेट हात पारे । सन्दिपको पहिलो ओभरको पाँचौं बलमा रकिम कर्नवालले छक्का प्रहार गरे भने त्यस लगत्तैको बलमा बोल्ड भए ।

लुसियाले बनाएको १४५ रन पछएको जमैका १३४ रनमै समेटिएको थियो। सन्दीपले लुसियाका ओपनर राहेकम कार्नवललाई ३२ रनमा खेलिरहँदा बोल्ड पारेका थिए।

योसँगै सन्दीपले समूहका १० खेलको ९ इनिङ्समा १२ विकेट लिए। उनले समूहका सबै खेलमा विकेट लिएका छन।

जमैकाले अब मंगलबार राति हुने पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट्स राइडर्सको सामना गर्नेछ। जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ ।

उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here