नेकपाले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

फाइलफोटो

काठमाडौं, २२ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आगामी भदौ २६ मा बस्ने भएको छ ।

सोमबार बिहान पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ मा बैठक बोलाउने सहमती भएको ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले ट्विटरमा लेखेका छन्।

आजको छलफलमा पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो ।

गत साउन १३ मा अध्यक्ष ओलीले एकपक्षीय रुपमा स्थगित गरेको बैठक अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका नेताहरुको उपस्थिति रहेको उक्त बैठकमा ओली पक्षीय नेताहरु भने सहभागी थिएनन् । त्यसयता पार्टी विवाद उत्कर्षमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here