आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

काठमाडौं, २२ भदौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त प्रस्ताव भदौ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगल लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रुपियाँ रहेको छ ।

उक्त चुक्ता पूँजीको १५ प्रतिशत अर्थात १३ करोड ४८ लाख ९८ हजार ५ सय १३ रुपियाँ ७५ पैसा बराबरको बोनस शेयर र ५ प्रतिशत अर्थात ४ करोड ४९ लाख ६६ हजार १ सय ७१ रुपियाँ २५ पैसा नगद लाभांश प्रस्ताव गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here