रिलायन्स लाइफको सेयर मंगलबारदेखि कारोबार, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, २२ भदौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएको छ।

रिलायन्स लाइफको १०० अंकित दरका २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। सेयर सूचीकरणसँग मंगलबारबाट यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।

यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०७.५९ रुपैयाँ र ३२२.७७ रुपैयाँ तोकेको छ ।

रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराईज क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा सेयर सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here