‘निषेधाज्ञा थपिँदै गए समस्या थप भयावह हुने निश्चित, अब विकल्प खोज्छौ’

काठमाडौं, २२ भदौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञामा पुर्नविचार गर्न अपिल गरेको छ ।

लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्‍ने आधार विश्वमा समेत नदेखिएको भन्दै नाडाले भदौ २५ गते देखि सम्पूर्ण व्यवसाय खोल्ने चेतावनी दिएको छ ।

सोमबार एक विज्ञप्ति निकाल्दै नियमित रुपमा व्यवसाय यही तथ्यहरुलाई मनन गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नुपर्ने देखिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनिहरुलाई आफ्नो उद्योग व्यवसायबाट नै वञ्‍चित हुनु पर्ने अवस्था सिर्जना भएको जनाइएको छ । “अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र अब काम गरौं” ।

सरकारले संक्रमणबाट बच्‍ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन नाडाले माग गरेको छ । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here