श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका अध्यक्ष नृत्य गोपाल दास कोरोना मुक्त

काठमाडौं । श्रीराम जन्मभूमी तीर्थक्षेत्र न्यासका अध्यक्ष पुज्य महन्थ नृत्यगोपाल दास महाराज कोरोना संक्रमण मुक्त भएका छन् ।

मेदान्त अस्पतालमा उपचाररत महाराज चार साताको उपचारपछि डिस्चार्ज भएर एयर एम्बुलेन्स मार्फत अयोध्या फर्किएका हुन् । अयोध्या उनि एकसाता आइसोलेसनमा बस्नेछन् ।

भारतिय सञ्चार माध्यमका अनुसार सोमबार दिँउसो १: ३० बजे अस्पतालले डिस्चार्ज गरेको हो । कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका नृत्यगोपाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मथुराको सीताराम मन्दिरमा बसेका महाराजको अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

महन्थ नृत्यगोपाल श्रीकृष्ण जन्मभूमि न्यासका पनि अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here