तीनदिन बैंकहरूका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २२ भदौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि तीनदिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै भदौ २३,२४ र २५ गते सबै बैकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको हो ।

सरकारले राजश्‍व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ती दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।

सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।

सरकारले पछिल्लो समय राजधानीमा भदौ २४ सम्म निषेधाज्ञा आदेश जारी गरेको छ भने देशका मुख्य सहरहरु पनि निषोधाज्ञा जारी भएको छ। निषोधाज्ञाले गर्दा बैकका सिमित शाखामात्र खुल्ला रहदे आएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here