मोबाइलमा ब्यालेन्स रिचार्ज, ट्रान्सफरसहितको आधारभूत सेवा एउटै सर्ट कोडबाट

काठमाडौं, २३ भदौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमहरूका लागि एकद्धारा सर्ट कोड लागू गरेको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चार सेवामा प्रयोग हुने सर्ट कोड र टोल फ्रि व्यवस्थापन कार्यविधि, २०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

अहिलेसम्म यस्ता सुविधाका लागि प्रत्येक टेलिकमले आफ्नो फरक कोड प्रयोगमा ल्याइरहेका थिए।

यो कार्यविधि लागु भएको ६ महिनाभित्र सबै मोबाइल सेवा प्रदायकले ब्यालेन्स रिचार्ज गर्न १२२, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र ब्यालेन्स रिचार्ज गर्न १४४ सर्ट कोड प्रयोग गर्नुपर्ने छ ।

सेवा प्रदायकले १ वर्षसम्म पुरानो तथा नयाँ दुवै कोडलाई समानान्तर रुपमा सञ्चालन गर्न सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here