चर्को आलोचनापछि काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

काठमाडौं, २३ भदौं । सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ।

रेल विभागले मंगलबार सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का रद्द गरिएको जानकारी दिएको हो।

विवादित रेलमार्गको ठेक्का प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रकृया पूरा नभई अगाडि बढाइएको थियो। ठेकेदार पोस्ने नियतका काकडभिट्टा- इनरुवा खण्डमा रेल मार्गकका लागि टेन्डर आह्वान भएपछि चर्को आलोचना भएको थियो।

सार्वजनिक खरिद ऐन, महालेखा परिक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय लिन बाध्य भएको हो।

३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया सुरु गरेपछि चर्को आलोचना हुँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here