सुनको भाउ ओरोलो लाग्ने क्रम जारी

काठमाडौं, २३ भदौं । सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ ।

जुन अघिल्लो दिन अर्थात सोमबार १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here