बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग

काठमाडौं, २३ भदौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञा अवधिको घरघाडा र कर्जाको ब्याज मिनाह गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेका हुन् ।

सरकारले लकडाउन थप्दै जाने तर उद्योगी व्यवसायीलाई परेको समस्यालाई भने वेवास्ता गर्दै आएको आरोप महासंघको छ ।

निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here