सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २३ भदौं । सेयर बजार विरोधी भनेर आरोप लागेका अर्थमन्त्री युवराज खतिवडाको वहिर्गमनसँगै लगातार घटेको सेयर बजारमा सामान्य सुधार आएको छ ।

पछिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

सोमबार पनि १२.१७ अंकले घटेर बजार बन्द भएको नेप्से परिसूचक मंगलबार ७.३५ अंकले बढेर १४९५. १५ विन्दुमा कायम भएको हो ।

यसदिन १९० कम्पनीको ४१ लाख ७५ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ७९ करोड ६५ लाख ४० हजार ४ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये १० समूहको परिसूचक उकालो लागेको छ भने २ समूहको परिसूचक ओरालो लागेका छन् ।

व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ८१.३० अंकले बढेको छ भने होटल समूहको परिसूचक ४.९६ अंकले घटेको छ ।

पछिल्लो ३ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ ।

मंगलबार पुनर्बीमाको सबैभन्दा धेरै २७ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

कारोबारकै आधरमा आज नागरिक लगानी कोष र नेको इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

उन्नति सहकार्य लघुवित्त, साल्ट ट्रेडिङ, एनअनरएन लघुवित्त र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ ।

आज ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here