कल निक्षेपको ब्याजदर घट्यो, ब्याजदर परिवर्तन महिनामा एक पटक मात्रै

काठमाडौं, २३ भदौं । नेपाल राष्ट्र बैंकले कल निक्षेपको ब्याजदर घटाएको छ।

नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्देशिकामा कल निक्षेपको ब्याजदर घटाएको हो ।

केन्द्रिय बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेका हो।

गत आर्थिक वर्षसम्ममा कल निक्षेपमा बचत निक्षेको जति नै ब्याजदर दिन पाइने व्यवस्था थियो। चालु आर्थिक वर्षदेखि केन्द्रिय बैंकले त्यसलाई घटाइदिएको हो।

यस्ता खाताहरुमा चेक जारी गर्न पाइने छैन। कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सकिनेछ।

त्यस्तै राष्ट्र बैंकले ब्याजदर परिवर्तन महिनामा एक पटक मात्रै गर्न पाउने व्यवस्था गरेको छ । आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना शुरु हुनुपूर्व नै प्रकाशित गरिसक्नुपर्नेछ ।

कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछट्टै प्रिमियमदर तय गरी मासिकरुपमा कर्जा तथा सापटको ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।

ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षक अनुसार आधार दरमा थप गरिने प्रिमियमदर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । प्रकाशित प्रिमियम दर परिवर्तन गर्दा अर्धवार्षिक रुपमा परिवर्तन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here