क्यारेबियन प्रिमियर लिग: सन्दीप आवद्ध जमैका सेमिफाइनलमा पराजित

काठमाडौं, २४ भदौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज सेमिफाइनलमा पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै तालावाज सेमिफाइनलबाटै बाहिरिएको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन् । यो सिजन सन्दीपले ११ विकेट लिए । ट्रिनबागोले उपाधिका लागि सेन्ट लुसिया जोउक्ससँग खेल्नेछ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ ट्रिनबागोका जेरोमी होसिनले तीन विकेट लिए । खारी पेरीको नाममा २ विकेट लिन सफल भए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।

आजको खेलमा भने सन्दीपले औसत प्रदर्शन गरे । ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here