कोरोना विरुद्धको अभियानमा धक्का, अक्सफोर्डको खोप परीक्षण स्थगित

काठमाडौं, २४ भदौं । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ।

विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको पनि आशलाग्दो अवस्थामा रहेको अक्सफोर्ड विश्वविद्यालयले परीक्षण रोकेपनि धक्का पुगेको हो ।

परीक्षणमा रहेका मध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको थियो ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप नै सबैभन्दा पहिले बजारमा आउने अपेक्षा छ।

अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ।

तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने बीबीसीले जनाएको छ ।

अक्सफोर्डले कोरोना खोपको परीक्षण स्थगन गरेको यो दोस्रोपटक हो। ठूलो मात्राको परीक्षणमा यस्तो हुनुलाई सामान्य मानिन्छ। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here