फेरि बढ्न थाल्यो सुन, चाँदीको भाउ

काठमाडौं, २४ भदौं । केहिदिन ओरोला लागेको सुनको भाउ बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको हो ।

चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ ।मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here